पुस ३० गतेदेखि पोखरामा मनोहर कप भलिबल हुँदै

पाेखरा | पुस २६, २०८२

पुस ३० गतेदेखि पोखरामा मनोहर कप भलिबल हुँदै

पोखरा: पोखरा–१४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ । 


मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्ने छ । 


प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष शैलेस बानियाँले जानकारी दिए । 


प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । 


दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीलाई समान २० हजार प्रदान गरिने आयोजकले जनाएको छ । एक टिममा धेरैमा तीन राष्ट्रिय खेलाडी राख्न पाउने अध्यक्ष बाँनियाँले बताए । 


भलिबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताका सबै खेल हेर्नका लागि दर्शकलाई निशुल्क गरिएको छ । 


भलिबल खेललाई प्रोत्साहन गर्दै स्थानिय युवाहरूलाई खेलकुदमा संलग्न गराउने उद्देश्य राखिएको क्लबले जनाएको छ । 


प्रतियोगिताले समुदायमा खेलकुदप्रति उत्साह र एकता बढाउने अपेक्षा क्लबको छ । 


प्रतियोगिताबाट बचेको रकमले मनोहर व्यायामशाला निर्माण गर्ने र आगामी दिनमा खेलकुद क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न मूल समारोह समिति र विभिन्न उपसमितिहरू गरिएका छन् ।

पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

थप पढ्नुहोस्

पोखरा।       गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो ।   शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

थप पढ्नुहोस्